२१ बैशाख २०८१, शुक्रबार

जसपा केन्द्रीय समितिको बैठक आज बस्दै, बाबुरामको प्रतिवेदनमाथि छलफल हुने


जसपा नेपालको केन्द्रीय समितिको प्रथम बैठक

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । आज बिहान ११ बजे डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा बस्ने बैठक बस्ने भएको हो ।

आज बस्न लागेको बैठकमा स्थानीय तहको चुनाव र पार्टीको विधान अधिवेशन लगायतको विषयमा छलफल हुने बुझिएको छ । जसपा संघीय परिषद्को पहिलो बैठक हिजो समापन भएको बैठकमा परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पास भएको थियो ।

डा. भट्टराईको हिजो पास भएको सोही राजनीतिक प्रतिवेदनलाई केन्द्रीय समितिको बैठकमा पनि छलफल गरिने भएको हो । बैठकमा कार्यकारिणी समितिको विस्तार, कार्यविभाजन, नेतृत्व प्रणालीको बारेमा छलफल हुने बताइएको छ ।

यता जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं सोही पार्टीवाट मेयर बनेका वीरगञ्ज महानगरपालिकाका विजय मेयर सरावगी हिजो प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्जमा एक कार्यक्रमको आयोजना गराई सरावगीलाई प्रवेश गरेका हुन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. वावुराम भट्टराईको पार्टीभित्र उत्पन्न कलहले गर्दा विभाजनसम्मको विकल्पमा पुगेको पार्टीलाई ठूलो धक्का लागेको छ । यद्यपि हिजोको संघीय परिषद्को बैठकमा अध्यक्ष भट्टराईले जसपा एक ढिक्का भएर अगाडि बढ्ने घोषणा गरेका छन् ।

यो पनि पढ्नुहोस्

बाबुराम भट्टराईको नजरमा नेपालका अन्य ‘राजनीतिक दलहरु’ यस्ता

समाजवादी पार्टीवाट वीरगञ्जको मेयर बनेका सरावगी एमालेमा प्रवेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !