१९ बैशाख २०८१, बुधबार

नेता यादवले भने, ‘सभापति देउवाको बिरोध गर्नेहरु सकिने निश्चित छ’


YADAP

८ वैशाख, काठमाण्डौ । काँग्रेस नेता महेन्द्र यादवले सभापति शेर बहादुर देउवाको विरोध गर्नेहरु सकिएर जाने बताएका छन् । नेपाली रेडियो नेटवर्क मार्फत प्रसारण हुने कार्यक्रम नेपाली वहसमा ऋषि धमलासँगको अन्तरवार्तामा नेता यादवले यस्तो टिप्पणी गरेका हुन ।

काँग्रेस केन्द्रीय समितिको वैठक स्थगित पछि पुनः सञ्चालन हुन नसकेको स्थितिमा केही यूवा नेताहरुले सभापति देउवाको खरो रुपमा आलोचना गरेपछि नेता यादवले यस्तो जवाफ दिएका हुन ।

नेता यादवले पार्टीको पदाधिकारी चयनको काम तल्काल समपन्न हुने जिकिर समेत गरे । उनले भने, ‘सभापति देउवाले पार्टीभित्रका वरिष्ट नेताहरुलाई उचित जिम्मेवारी दिनु हुनेछ, त्यसको लागि तयारी हुँदैछ, अहिले नै यहि नेता छान्नु हुन्छ भनेर भनिरहनु पर्दैन, पार्टी सभापतिले यसका बारेमा उचित कदम लिनु हुन्छ ।’

पार्टीभित्रका धेरै वरिष्ट नेताहरु छन् सभापति देउवाको आँखामा को नेता परेको छ नि भनेर गरिएको प्रश्नको जवाफमा नेता यादवले भने, ‘थुप्रै नेता हुनुहुन्छ, सायद विमयन्द्र निधिलाई उप–सभापतिमा चयन गर्नुहुन्छ होला ।’

शेर बहादुर देउवाले पार्टी चलाउन सक्नु भएन नि ? भनेर सोधिएको अर्को प्रश्नको जवाफमा नेता यादवले भने, ‘हेर्नुस् ऋषि जि कृष्ण प्रसाद भट्टराईको पालमा पञ्चायत ढल्यो, सुशिल कोईरालाको पालामा संविधान आयो, देउवाको पालामा वर्षौ देखि अड्कीएको स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भयो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !