९ जेष्ठ २०८१, बुधबार

ओलीको प्रश्न : मतपत्रमा हरियो रङ किन राख्ने ? कारण के ?


केपी शर्मा ओली

काठमाडौं । एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतपत्रमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् । मंगलबार एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, “हरियो किन राख्ने ? के कारणले राख्ने ? ”

अध्यक्ष ओलीले पार्टीविरुद्ध राज्यका सबै अंगको प्रयोग भएको समेत बताएका छन् । “एमालेका विरुद्ध राज्यका सबै अंग प्रयोग भएको छ । अदालत प्रयोग गरेको छ, परमादेश देख्नुभयो । सभामुख प्रयोग भइरहेको छ ।”, उनले भने ।

कांग्रेसको चुनाव चिह्न रुख भएकाले सबै हरियो देखाउन खोजिएको ? भन्दै अध्यक्ष ओलीले प्रश्न गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !