फाइल फोटो
काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले गठबन्धनको सरकार भएकोले सबै कुरा मिलाएर राजदूत नियुक्ति गर्नुपर्ने भएको र एमसीसी परियोजना पास गर्ने काममा सरकार अल्झिएकाले रिक्त स्थानमा राजदूत नियुक्त गर्न ढिलाई भएको बताएका छन् ।
सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । मन्त्री खड्काले रिक्त रहेको स्थानमा राजदूत छिट्टै नियुक्त हुने बताए ।