२२ बैशाख २०८१, शनिबार

कांग्रेस सप्तरीको निर्वाचन भोलि मंगलबार हुने


क्रियाशील सदस्यताको सूची

राजविराज । नेपाली कांग्रेस सप्तरीको स्थगित भएको जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन भोलि मंगलबार हुने भएको छ । निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचनस्थल परिवर्तन गर्दै मंगलबार गरिने निर्णय भएको छ ।

शनिबार विवादबीच स्थगित भएको उक्त निर्वाचन मंगलबार गरिने कांग्रेसले जनाएको छ । यसअघि निर्वाचन समितिले निर्वाचनस्थलमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै शनिबार दिउँसो ४ बजेतिर विवाद उत्पन्न भएपछि स्थगित भएको थियो ।

पटक–पटक समय परिवर्तन गर्दै शनिबारका लागि तय भएको जिल्ला अधिवेशन बिहान ८ बजेदेखि हुने भनिएकामा १० बजेदेखि मात्र सुरु भएको थियो । रुपनी गाउँपालिका-५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचनस्थलमा व्यवस्थापनबारे विवाद उत्पन्न भएको थियो । नयाँ नेतृत्वका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साहले उम्मेदवारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !