१५ जेष्ठ २०८१, मंगलबार

पार्टी फुट्दैन, एकबद्ध भएर अघि बढ्छ : नेता श्रेष्ठ


नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पार्टी नफुट्ने र एकबद्ध भएर अघि बढ्ने बताएका छन् । माओवादी केन्द्रको आजदेखि शुरु भएको बहुप्रतिक्षित केन्द्रीय समितिको बैठकमा बोल्दै नेता श्रेष्ठले पार्टीभित्र मतभेद् रहे पनि एकताको विकल्प नभएको बताएका हुन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का कारण पार्टी फुटको संघारमा रहेको बताइरहेका बेला नेता श्रेष्ठले पार्टीमा आन्तरिक विवाद भएपनि पार्टी नफुट्ने स्पष्ट बताएका हुन् ।

नेता श्रेष्ठले पार्टीभित्र फरक मत राखिने तर यसलाई फुटको संज्ञा दिन नमिल्ने बताएका हुन् । उनले एमसीसी राष्ट्रिय हित प्रतिकूल भएको धारणा राखेका थिए ।

पार्टीभित्र मतभेद् भएतापनि ती मतभेद्लाई समयक्रममा व्यवस्थापन गर्दै समझदारीमा पुग्ने उनले बताएका थिए । उनले पार्टी एकताबद्ध हुनेमा कसैले पनि शंका नगर्ने आग्रह गर्दै पार्टी एकबद्ध भएर अघि बढ्ने बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !