२१ बैशाख २०८१, शुक्रबार

जसपाको केन्द्रीय कार्यकारणी समितिको बैठक आज बस्दै


उपेन्द्र यादव-बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारणी समिति बैठक आजदेखि काठमाडौं शुरु हुँदैछ । बालकुमारीस्थित केन्द्रीय कार्यालयमा आज ११ बजेदेखि शुरु हुने बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देखि स्थानीय चुनावको तयारीबारे छलफल हुने बताइएको छ ।

एमसीसी लगायतका कारण जसपाभित्र तीव्र विवाद छ । अध्यक्ष उपेन्द्र यादव राष्ट्रिय सहमति भएमा मात्र एमसीसी संसदवाट अनुमोदन गर्नुपर्ने अडानमा छन् भने संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई एमसीसी जसरी पनि पास गर्नुपर्ने भन्दै आएका छन् ।

एमसीसीको विवादले पार्टी विभाजनको दिशातिर उन्मुख भई रहेको अनुमान गरिएको छ । बाबुराम पक्षधरले उपेन्द्र यादवले पार्टीमा एकलौटी गरेको भन्दै हस्ताक्षरसमेत संकलन गरेका छन् ।

आजको बैठकमा एमसीसी, स्थानीय तह निर्वाचन र पार्टीको विधान सम्मेलन गर्ने लगायत एजेन्डा तय भएका छन् । यसका साथै समसमायिक राजनीतिक बिषयमा पनि छलफल हुनेछ । यसअघि तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भनिएको बैठक अन्तिममा बालकुमारीस्थीत केन्द्रिय कार्यालयमा हुन लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !