४ जेष्ठ २०८१, शुक्रबार

रावलको प्रश्न : स्पष्टीकरणको कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ?


भीम रावल

काठमाडौं । एमालेका नेता भीम रावलले जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा बोल्दा पार्टीले स्पष्टीकरण सोध्नु पर्छ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो भनेर प्रश्न गरेका छन् ।

रावलले मंगलबार सामाजिक सञ्जालमा भनेका छन्, “जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा र बाह्य हस्तक्षेपविरुद्ध बोल्दा कम्युनिस्ट पार्टीले स्पष्टीकरण सोध्नु पर्छ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !