१९ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न गए बालकोट


केपी ओली, शेरबहादुर देउवा र आरजु देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् । आज बिहीबार साँझ गठबन्धनको बैठक सकिएलगत्तै देउवा बालुवाटारबाट सिधै राति ८ बजे बालकोट ओलीको शरणमा देउवा पुगेका हुन् ।

प्रधानमन्त्री देउवा ओलीलाई भेट्न पत्नी आरजु देउवा राणालाई लिएर बालकोट जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गठबन्धनको बैठक भोलि शुक्रबार बिहान डाकेर देउवा आज विहीबार बेलुकी पत्नी आरजुसहित ओली निवास बालकोट पुग्नुले राजनीतिक तंरग पैदा भएको छ भने प्रचण्ड र नेपाललाई अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा सहमत हुन नैतिक दवाव बढेको छ ।

सत्ता गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि देउवा रातारात ओलीलाई भेट्न बलकोट पुगेका हुन् । भेटपछि देउवाले चाल्ने भावी कदमलाई राजनतिक वृत्तमा महत्वका साथ हेरिएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवा एमसीसी सम्झौताका विषयमा छलफल गर्न बालकोट पुगेका हुन् ।

आज बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा एसमीसी संसदमा टेवुल गर्ने बारेमा सत्ता गठबन्धनमा सहमति नभएपछि देउवा ओलीलाई भेट्न गएको बुझिएको छ । सरकारका प्रवक्ता ज्ञानेनद्रबहादुर कार्कीले गठबन्धनका शीर्ष नेताहरूको बैठक भोलि बिहान फेरि बस्ने बताएका छन् । आज बिहीबार मात्रै नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले ओलीलाई भेट गरेका थिए ।

आज बसेको सत्ता गठबन्धनको बैठकमा प्रचण्ड र नेपालले उल्टो कुरा गरेपछि प्रधानमन्त्री देउवा बालकोट आएको खुलेको छ । आजको गठबन्धन बैठकमा प्रचण्ड र माधवले धोको दिएको संकेत गर्दै प्रधानमन्त्री देउवाले भनेका थिए, ‘सरकारमा बसेर एमसीसीको बिरोध गर्न र संसदमा टेबल हुनबाट रोक्न पाईंदैन, तपाईंहरु जेसुकै गर्नुस, सरकारले एमसीसी संसदमा पेश गर्छ ।’

प्रधानमन्त्री देउवाको यो भनाईलगत्तै प्रचण्डले एमालेसँग जुनसुकै बेला मिल्ने धम्की दिएर बाहिरएपछि प्रधानमन्त्री देउवा पत्नी आरजु देउवासहित एमाले अध्यक्ष ओली निवास आएको बुझिएको छ । गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाको प्रस्तावमा प्रचण्ड र नेपालले बालकोटतिर जान्छौं भन्दै निस्किएपछि देउवा आफै बालकोट आएको खुलासा भएको हो ।

बालकोटमा प्रचण्ड र नेपाललाई निषेध गरिएको सत्य होकी होइन भन्ने यथार्थ बुझ्न देउवा ओली निवास आएको बालुवाटार स्रोतले बताएको छ । एमसीसी संसदवाट अनुमोदन गर्नका लागि सहयोग गर्न तथा माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी टेवुल गर्न असहमत भएर गठबन्धन टुटेर सरकार अल्पमतमा परिहाले समर्थन गर्न देउवाले ओलीसमक्ष प्रस्ताव गर्ने बालुवाटार स्रोतले दाबी गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालवीच आज दिउसो भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेवुल गराएर जबर्जस्ती पास गर्न खोजेमा सरकारवाट बाहिरिनेसम्मको तयारी गरेका छन् ।

प्रधानमन्त्री देउवा एमसीसी संसदमा टेवुल गर्ने पक्षमा छन् भने प्रचण्ड र नेपाल यसको बिपक्षमा रहेका छन् । यदि वर्तमान सत्ता गठबन्धन तोडिए आगामी स्थानीय निर्वाचनमा एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपा सहित दलहरुसँग मिलेर चुनावमा जानेसम्मको छलफल भएको हो ।

यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अलमल्याउने र धोका दिने रणनीति अख्तियार गरेको भन्दै प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी एमालेसँग संवाद अघि बढाएको छ । कांग्रेस र एमाले मिलेर प्रदेशमा सरकार गठन गर्ने र केन्द्रमा चुनावी सरकारलाई सहयोग गर्ने बारेमा पनि संवाद अघि बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !