२४ बैशाख २०८१, सोमबार

एमसीसीबारे निर्णायक छलफल गर्न सत्ता गठबन्धनको बहुप्रतिक्षित बैठक शुरु


सत्ता गठबन्धनको बैठक

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा निर्णायक छलफल गर्न सत्ता गठबन्धनको बहुप्रतिक्षित बैठक केहि समयअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवावीच एमसीसी हिजो संसदमा टेवुल नगर्ने सहमति भएपछि सो बारेमा अन्तिम छलफल गर्न सत्ता गठबन्धनको बैठक आज ३ बजेका लागि बोलाइएको बैठक ५ बजेका लागि सारिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजै प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको थियो । प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री देउवा हिजो एमसीसी टेबल नगर्न समेत सहमत भएका थिए ।

माओवादी केन्द्रले एमसीसी राष्ट्रिय सहमति बिना जबरजस्ती संसदमा अघि बढाइए सोको विपक्षमा मतदान गर्ने निर्णय र सरकारबाट बाहिरिन सक्ने संकेत गरेलगत्तै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न हिजो बालुवाटार पुगेका थिए ।

एमसीसी संसदमा टेबल हुनबाट रोक्न अन्तिम प्रयासस्वरुप राष्ट्रिय सहमति जुटाएर मात्र संसदमा टेवुल गर्न आग्रह गर्न प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका उनीहरुवीच एमसीसी टेवुल नगर्ने सहमति भएको थियो ।

बालुवाटार पुगेर प्रचण्डले गठबन्धनमै सहमति नजुटेकाले एमसीसी टेबल नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए । सरकारले संसदमा टेवुल गर्ने तयारी गरेको एमसीसी परियोजनाबारे आफ्नो पार्टीको संसदीय दलले गरेको निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका थिए ।

सत्तारुढ दल कांग्रेसले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

तर माओवादी केन्द्रले एमसीसी जबरजस्ती संसदमा अघि बढाइए विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा हिजो बसेको बैठकले एमसीसी जबरजस्ती अघि बढाइए विपक्षमा मतदान गर्ने माओवादीको निर्णय गरेको हो ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पनि एमसीसी जबर्जस्ती संसदमा टेवुल गराएर अघि बढाए विपक्षमा मतदान गर्ने निष्कर्षमा पुगेको छ । सचिवालय बैठकले निकालेको उक्त निष्कर्षलाई शनिबार बस्ने स्थायी कमिटीबाट आधिकारिक निर्णय गर्ने तयारी एकीकृत समाजवादीले गरेको छ ।

यथास्थितिमा एमसीसी संसदवाट पास गर्न नसकिने भन्दै अडान राख्दै आएका यी दुई नेताहरुवीच यदि सरकारले एमसीसी जबर्जस्ती अघि बढाए सरकारवाट बाहिरिने तयारीसम्मको छलफल भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेवुल गराएर जबर्जस्ती पास गर्न खोजेमा सरकारवाट बाहिरिनसम्मको तयारी गरेका छन् । प्रधानमन्त्री देउवा एमसीसी संसदमा टेवुल गर्ने पक्षमा छन् भने प्रचण्ड र नेपाल यसको बिपक्षमा रहेका छन् ।

सत्तारुढ गठबन्धन रहने वा नरहने भन्ने विषयमा आज शुरु भएको सत्ता गठबन्धनको बैठकले निर्णय गर्ने भएकोले यसबैठकको निर्णय के आउछ भनेर आम नेपाली जनताहरुले विशेष चासोका साथ कुरिरहेका छन् । गठबन्धनको शुरु भएको यो अन्तिम बैठकले नै सत्ता गठबन्धन कायम रहने वा नरहने भन्ने बारेमा पनि भविष्य निर्धारण गर्ने बुझिएको छ ।

यो पनि पढ्नुहोस्

एमसीसी जबर्जस्ती अघि बढाए सरकारवाट बाहिरिने प्रचण्ड र नेपालको तयारी

एमसीसीबारे सहमति गर्न प्रधानमन्त्री र प्रचण्डबीच भेटघाट, गठबन्धन बैठक सर्‍यो

सहमति नजुटाइ एमसिसी धाकधम्की दिएर पास नहुने खनालको दावी

एमसीसी जबरजस्ती अघि बढाइए विपक्षमा मतदान गर्ने माओवादीको निर्णय

संसदमा एमसीसीको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !