१२ बैशाख २०८१, बुधबार

एमसीसीबारे सहमति गर्न प्रधानमन्त्री र प्रचण्डबीच भेटघाट, गठबन्धन बैठक सर्‍यो


सर्वदलीय बैठक फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार बिहान भेटवार्ता भएको छ । उक्त भेटघाटपछि ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक ५ बजेलाई सारिएको छ ।

एमसीसीबारे निर्णय लिन आज सत्तारुढ गठबन्धनको बैठक बस्न अघि दुई नेताबीच छलफल भएको हो । प्रधानमन्त्री र प्रचण्ड आ–आफ्नो अडानमा कायम रहेकाले कुनै सहमति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !