४ जेष्ठ २०८१, शुक्रबार

अध्यक्ष प्रचण्डले भने- हाम्रो जोड सकेसम्म गठबन्धन बचाउनमै छ


प्रचण्ड फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनको बैठकअघि सिंहदरबारमा बसेको तीन दलको बैठक सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको बैठक बस्नुअघि एमसीसी लगायतका विषयमा छलफल भएको बताए ।

आज बिहीबार दिउँसो (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठसँगको छलफलपछि प्रतिक्रिया दिँदै प्रचण्डले गठबन्धनका पाँच दललाई एक बनाउने र एमसिसीलाई निकास दिनेबारे छलफल भएको बताए ।

प्रचण्डले पत्रकारहरुसँग भने, ‘अहिले बेलुकी ५ बजे संयन्त्रको बैठक छ । त्यही बैठकको तयारीका विषयमा छलफल भयो। मुख्य जोड पाँच दल बचाउने र एमसीसी निकास दिन लागेका छौं। सकेसम्म यो गठबन्धन बचाउनेमा हाम्रो जोड हो ।’

अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा साझा धारणा बनाउन यी नेताहरुबीच छलफल भएको बताइएको छ । प्रचण्डले यसअघि बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा छलफल गरेका थिए । एमसीसीको विषयमा निर्णायक छलफल गर्न पाँच दलीय सत्तारूढ गठबन्धनको बैठक आज साँझ ५ बजे बस्दैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !