१९ बैशाख २०८१, बुधबार

म मन्त्री हुँदा घुस खाएको छु, सरकारले दण्डित गरोस् : पूर्वमन्त्री


काठमाडौं । पूर्वमन्त्री हरि पाण्डेले घुस खाएको बताउँदै सरकारले दण्डित गर्नुपर्ने बताएका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पाण्डेले आफू मन्त्री हुँदा घुस खाएको बताएका छन् ।

पाण्डेले आफू मन्त्री हुँदा घुस खाएर धन आर्जन गरेको, मातृभूमिको भारा नतिरेकोमा सरकारले दण्डित गर्नुपर्ने बताए ।

पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तामेलीमा रहेको आफ्नो मुद्दा पुनर्जीवित गरेर कारबाही गरेमा आफू जेल जानसमेत तयार रहेको समेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !