१४ बैशाख २०८१, शुक्रबार

विनाछलफल एमसीसी पारित गर्न एमाले पनि मिलेको त छैन ?


भीम रावल

काठमाडौं । एमालेका नेता भीम रावलले अमेरिकी सहयोगसम्बन्धी परियोजना (एमसीसी)राष्ट्रहितविपरीत भए पनि आफ्नो पार्टी नेतृत्व त्यस विषयमा छलफल गर्न तयार बताएका छन् । रावलले एमसीसीका विषयमा पार्टी प्रस्ट नहुँदा आशंका पनि व्यक्त गरे ।

बुधबारको संसद् बैठकपछि रावलले पत्रकारहरुसँग कुरा गर्दै भने, “एमसीसीजस्तो दीर्घकालीन प्रभाव राख्ने विषयमा हरेक पार्टीको आधिकारिक धारणा हुनुपर्छ । त्यही भएर मैले एमालेको संसदीय दलको बैठकमा अरूले निर्णय गरेपछि धारणा बनाउँला भन्नु हुँदैन भनेर धारणा पनि राखेको छु र लिखित रूपमै पार्टी अध्यक्षसमक्ष राखेको छु ।”

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !