१९ जेष्ठ २०८१, शनिबार

प्रधानमन्त्री देउवालाई भेट्न अचानक किन बालुवाटार पुगे प्रचण्ड ?


सर्वदलीय बैठक फाइल फोटो

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अचानक बालुवाटार पुगेका छन् । प्रचण्ड अचानक प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रिय सहमति बिना जबरजस्ती संसदमा अघि बढाइए सोको विपक्षमा मतदान गर्ने निर्णय र सरकारबाट बाहिरिन सक्ने संकेत गरेलगत्तै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

एमसीसी संसदमा टेबल हुनबाट रोक्न अन्तिम प्रयासस्वरुप राष्ट्रिय सहमति जुटाएर मात्र संसदमा टेवुल गर्न आग्रह गर्न प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । बालुवाटार पुगेर प्रचण्डले गठबन्धनमै सहमति नजुटेकाले एमसीसी टेबल नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्ने दलको बैठकमा आफ्ना सांसदलाई जानकारी गराएका छन् ।

सरकारले संसदमा टेवुल गर्ने तयारी गरेको एमसीसी परियोजनाबारे आफ्नो पार्टीको संसदीय दलले गरेको निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका हुन् । यदि प्रधानमन्त्री देउवाले प्रचण्डको आग्रह अस्वीकार गरी एमसीसी संसदमा टेबल गरिए गठबन्धन र सरकार छाड्ने माओवादीले तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !