फाइल फोटो
काठमाडौं । माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निर्णय गरेको छ ।
बैठकले संसदमा एमालेको जारी अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निर्णय गरेको एक नेताले जानकारी दिए । सदन सुचारु गर्न बैठकले जोड दिएको र विपक्षीको अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निर्णय भएको एक नेताले जानकारी दिए ।