काठमाडौं । एमालेका संसदीय दलको उपनेता सुवास नेम्वाङले आफूहरुलाई सुईंकोसमेत नदिई प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराइएको बताएका छन् ।
नेम्वाङले नेता, सांसदहरु चुनावको तयारीका लागि सातै प्रदेशमा गएकाले आएपछि छलफल गरेर एउटा टुंगोमा पुग्ने बताए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ सांसदले २१ बुँदे पत्र संसद् सचिवालयमा बुझाएका हुुन् ।