काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा दर्ता भएको महाअभियोग निर्वाचन रोक्ने षड्यन्त्रस्वरुप आएको भनेर स्पष्ट परेका छन् ।
प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएपछि अध्यक्ष ओलीले सत्ता गठबन्धनको कडा निन्दा गरेका छन् । आइतबार गठबन्धनका तीन दलले प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव पेस गरेसँगै ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।
उनले महाअभियोग अनुचित, अनुत्तरदायी र हानिकारक ढंगले आएकोले धरै गम्भीर षडयन्त्रको प्रकटीकरण भएको पानी बताएका छन् । उनले महाअभियोगको सिलसिलाको बिजारोपण गरेर सत्तापक्षले राज्यका अंगहरूलाई नियन्त्रण गर्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको आरोप लगाउँदै वैशाख ३० गतेमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन रोक्ने षड्यन्त्र भएको बताए ।
यस्तै प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएकोमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले छापामार शैलीमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको भन्दै आपत्ति जनाएको छ । एमालेका संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईले यस्तो प्रतिक्रिया दिएका छन् ।
प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएको बारेमा आफ्नो पार्टीलाई केही जानकारी नभएको पनि एमालेले स्पष्ट परेको छ । एमालेले पार्टीको संसदीय दलको बैठक भोलि बिहान ११ बजे बोलाएको छ । एमालेले आफ्ना सवै सांसदलाई आज बेलुकीसम्म काठमाडौँ आउन पनि निर्देशन दिएको छ ।
यो पनि पढ्नुहोस्
छापामार शैलीमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव आएको भन्दै एमालेको आपत्ति
जबरा निलम्बनमा परेसंगै दिपककुमार कार्की स्वतः कामु प्रधानन्यायाधीश