२१ बैशाख २०८१, शुक्रबार

गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच छलफल


बालकृष्ण खाँण र जनार्दन शर्मा

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच भेटघाट भएको छ। बुधबार गृह मन्त्रालयमा भएको उक्त भेटघाटमा निर्वाचनलक्षित बजेटबारे छलफल भएको छ ।

निर्वाचनलक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी)का लागि अत्यावश्यक सवारीसाधन र बन्दोबस्तीका सामानबारे छलफल भएको हो ।

अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थ मन्त्रालयलाई परेको चापबारे अवगत गराउँदै अत्यावश्यक गर्नैपर्ने विषयबारे जानकारी गराउन आग्रह गरेका थिए । गृहमन्त्री खाँणले अर्थ मन्त्रालयलाई परेको दबाबबारे गृह मन्त्रालय सचेत रहेको भन्दै नभई नहुने विषयवस्तुबारे अवगत गराइने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !