७ मंसिर २०८१, शुक्रबार

देउवाको आग्रहमा प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्म स्थगित


एमालेद्वारा संसद अवरुद्ध

काठमाडौं । प्रतिनिधिसभाको भोलि बुधबार बोलाइएको बैठक अचानक स्थगित गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाको भोलि बुधबार १ बजेका लागि पूर्वनिर्धारित बैठक फागुन २ गतेसम्मका लागि स्थगित गरिएको हो ।

आखिर प्रतिनिधिसभाको भोलिको लागि पूर्वनिर्धारित बैठक किन अचानक स्थगित गरियो ? भन्ने जिज्ञाषा चौतर्फी बढेको छ । संसदवाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) पारित गर्न जोडले तातिरहेका सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलहरु शीर्ष नेताहरुले सहमति गरेर उक्त परियोजनालाई के संसदवाट पारित गर्लान भनेर हेरिरहेको बेला प्रतिनिधिसभाको बैठक अचानक स्थगित गरिनुलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।

सभामुख सापकोटाको सचिवालय स्रोतका अनुसार सरकारको आग्रहमा प्रतिनिधिसभा बैठक सरेको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री देउवाले भोलि बुधबारको बस्ने भनिएको बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेतापनि सत्तारुढ गठबन्धनभित्रै सहमति भने जुटन नसकेर एमसीसीबारे सहमति जुटाउन प्रधानमन्त्रीले समय लिएको बताइएको छ ।

यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा आएर १० दिनका लागि स्थगित गरिएको थियो । यसअघि माघ १६ गतेका लागि तय भएको बैठक कोरोना संक्रमण जोखिमको कारण देखाएर अन्तिम समयमा स्थगित गरेर भोलिका लागि तय गरिएको थियो ।

बुधबारको बैठकका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । संसद सचिवालयले पनि प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो ।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख थियो । उक्त कार्यसूचीमा एमसीसी टेबुल गर्ने विषय राखिएको थिएन ।

सम्भावित कार्यसूची जारी गरेपछि सभामुख सापकोटाले भोलि बुधबार बिहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । उक्त बैठकमा सरकारको तर्फबाट मन्त्री बडूले एमसीसी टेबुल गर्ने विषय राख्ने तयारी थियो ।

 प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्म स्थगित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !