काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष एवं नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता लैजान अमेरिकी सरकारलाई आग्रह गरेका छन् ।
आज मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै गौतमले अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना भएको स्थिति देखिएको बताएका छन् ।
नेपालको अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र संसद आफै अबरुद्ध भएको संकटको अवस्थामा भएकोले नेपाल सरकार र संसदले पनि अनुमोदन गर्नसक्ने अवस्था नदेखिएकोले उनले नेपाल सरकार र अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गरेका छन् ।