३ असार २०८१, आइतबार

प्रचण्ड र माधवले एमसिसीबारे भ्रम छरेको पौडेलको आरोप


रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसिसीबारे भ्रम छरेको आरोप लगाएका छन् ।

गण्डकी प्रदेश कांग्रेस पार्टी कार्यालय उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले आफूले गठबन्धन बैठकमै एमसिसी कार्यान्वयनमा लैजान आग्रह गरेको बताए । उनले भने, “एमसिसीका बारेमा आमजनतालाई कन्भिन्स गराउनुभयो, अब मलाई कन्भिन्स गराउनुस्। होइन भने कार्यान्वयनमा लैजाऔं।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !