२४ बैशाख २०८१, सोमबार

मन्त्री बिना मगरले भनिन्, ‘मानिसको स्वास्थ्यसँग जोडिएको खानेपानीमा खेलवाड गर्न हुँदैन’


Bina Magar

२ बैशाख, ललितपुर । खानेपानी मन्त्री बिना मगरले ललितपुरको कोन्ञ्योसोम गाउँपालिका–५ भारदेउस्थित नौखण्डेडोल स्वच्छ खानेपानी तथा सरसफाई आयोजनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मानिसको स्वास्थ्य र आयुसँग जोडिएको खानेपानीको व्यवस्थापन र स्वच्छतासँग कसैले पनि खेलवाड गर्न नहुने बताएकी छन् ।

मन्त्री मगरले स्वच्छ खानेपानी र सरसफाई जनताको मौलिक अधिकार भएकाले त्यसको व्यवस्थापनका लागि सरकारले काम गर्ने बताइन् ।

‘खानेपानीको व्यवस्थापनका लागि गृहिणी महिलाले धेरै समय खर्चिनु परिरहेको छ । धेरै संघर्ष गर्नुपर्छ’, मन्त्री मगरले भनिन्, ‘खानेपानीमा सहज पहुँच पुर्‍याउन सके गृहिणी महिलाको समय समेत समृद्ध नेपाल निर्माणमा लगाउन सकिन्छ ।’

राष्ट्रिय प्राथमिकतामा रहेको मेलम्ची खानेपानी आयोजनाको काम समयमै सम्पन्न गर्न निरन्तर काम भइरहेको उनले बताइन् । ‘समृद्ध राष्ट्र निर्माणको नारा बोकेको वाम गठबन्धनलाई चुनावमा अत्यधिक बहुमत दिनुभएको छ, सरकार र मैले त्यही सपना पूरा गर्ने गरि काम गर्छौ,’ उनले भनिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !