४ जेष्ठ २०८१, शुक्रबार

गठबन्धनका नेताहरुले एमसीसीलाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन खोज्यो : अध्यक्ष ओली


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेताहरुले एमसीसीलाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन खोजेको ओलीको आरोप लगाएका छन्।

अध्यक्ष ओलीले अमेरिकी अधिकारीहरुसँग एक खालको र आफ्ना कार्यकर्तासँग बेग्लै खालको कुरा गर्ने गठबन्धन नेताहरुले द्वैध भूमिका खेलेर जनतालाई दिग्भ्रमित पारिरहेको समेत बताएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्, “अमेरिकी सहायता परियोजना एमसीसीका बारेमा सत्ता गठबन्धनकै नेताहरूले दिइरहेका विरोधाभाषपूर्ण अभिव्यक्तिले विकास परियोजनालाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन भूमिका खेलेका छन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !