विराटनगर । स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडाले चाडै स्थानीय तहको चुनावको मिति घोषण हुने बताएका छन् । मन्त्री खतिवडाले यही साताभित्र चुनावको मिति घोषण हुने बताएका हुन् ।
एक पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तह चुनावको मिति तय गर्ने बताएका हुन् ।
मन्त्री खतिवडाले भने, “पाँच दलीय गठबन्धन चुनावबाट भागेको छैन । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्थानीय तहको चुनावको मिति टुंग्याउछौँ ।”
मन्त्री खतिवडाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई सावधान भएको बताए ।