८ बैशाख २०८१, शनिबार

एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण


शङ्कर पोखरेल

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुर्वमुख्यमन्त्री समेत रहेका पोखरेलले आफू कोरोना संक्रमित भएको फेसबुकमार्फत जनाएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, “कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !