२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव : सगरमाथामा केबलकार जोडौँ


madhav_nepal

काठमाडौँ : ‘स्वप्नद्रष्टा’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले समेत व्यङ्य गर्दै यथार्थपरक सपनामात्र देख्न सुझाव दिएका छन्।

मंगलबार मदन भण्डारी अध्ययन केन्द्रले राजधानीको होटल ब्लुबर्डमा आयोजना गरेको कार्यक्रममा उनले मनमा लागेको कुरा गर्ने भए ताप्लेजुङदेखि दार्चुलासम्म केबलकार जोडे पनि हुने सुझाव दिए। विश्वका आठै वटा उच्च शिखर हेर्ने गरी केबलकार जोड्दा चढ्नेहरुलाई पनि निकै रमाइलो हुने उनले बताए।

उनले अझ सगरमाथामा केबलकार जोड्न सके लाख हैन करोड पर्यटक भित्रने तथ्य बताउँदै भने, त्यसो भन्दैमा सगरमाथामै केबलकार हाल्छु भन्न मिल्छ त?

सिन्धुलीमा एक जना व्यक्तिको जग्गा अधिग्रहण गर्न नसक्दा १० वर्षदेखि विद्युत सव स्टेशन निर्माण हुन नसकेको अवस्थामा फिटिक्क गरेर घरघरमा ग्यास पुर्‍याउने भन्दै आश्वासन दिने प्रधानमन्त्रीको कामलाई पनि उनले व्यङ्ग्य गरे।

मदन भण्डारी अध्ययन केन्द्रले आयोजना गरेको यो कार्यक्रममा माधव नेपाल र झलनाथ खनाल पक्षका जिल्ला अध्यक्षहरु, सांसद र केन्द्रीय सदस्य सहभागी छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु