२१ बैशाख २०८१, शुक्रबार

विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पद खारेजीको माग गर्दै आयोगमा उजुरी


विनोद चौधरी

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयी विनोद चौधरीलाई पदमुक्त गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । सिरहा क्षेत्र-३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले काँग्रेस पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय निर्वाचन आयोगमा चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी दिएका हुन् ।

केन्द्रीय समिति सदस्यमा निर्वाचित चौधरीले क्रियाशिल सदस्यता लिएको १० बर्ष नपुगेको र उनी उम्मेदवार हुन अयोग्य भन्दै चौधरीविरुद्ध उजुरी दिएका हुन् । यादवले चौधरी एमालेमा रहेको प्रमाणसमेत पेस गरेका छन् ।

गत महाधिवेशनको निर्वाचनमा खुल्ला मधेशीतर्फ चौधरीसँग पराजित भएका यादवले चौधरीलाई पदमुक्त गर्न आयोगमा निवेदन दिएका हुन । चौधरीलाई पदमुक्त गरी सो स्थानमा आफुलाई बिजयी घोषित गर्न डा. यादवले माग गरेका छन् ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !