१४ बैशाख २०८१, शुक्रबार

नेपाली काँग्रेसको केन्द्रीय समितिको दोस्रो बैठक बस्दै


केन्द्रीय कार्यसमिति बैठक फाइल फोटो

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बस्दै छ । काँग्रेसले राष्ट्रियसभा उम्मेदवार चयन गर्न बोलाएको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा कोषाध्यक्ष मनोनित गर्ने, समसामयिक राजनीति, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायत विषयमा छलफल हुनसक्ने बताएका छन् ।

१४ औं महाधिवेशनपछि कांग्रेसको नयाँ कार्यसमितिको बस्न लागेको यो दोस्रो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई बोलाइएको छ । यसअघि काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक अघिल्लो शनिबार बसेको थियो ।

आज बस्न लागेको दोस्रो बैठकमा शनिबार र आइतबार मनोनित गरेका १३ जना केन्द्रीय सदस्य पनि सहभागी हुने छन् । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । काँग्रेसले उम्मेदवार छान्नका लागि आन्तरिक तयारी पनि शुरु गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !