काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा पराजित जीवन बहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका छन् ।
शाही कर्णाली प्रदेशका मुख्यमन्त्री हुन्। उनी २०७८ कार्तिक १६ मा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेपाली कांग्रेसका प्रदेश सभा संसदीय दलका नेता हुन्। शाही सँगै महामन्त्री पदमा पराजित प्रदीप पौडेल र सभापतिमा पराजित कल्याण गुरुङ केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
सभापति देउवाले यसअघि रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए ।