२१ बैशाख २०८१, शुक्रबार

पूर्वप्रधानन्यायाधीश र न्यायाधीशविरुद्ध सम्पत्ति शुद्धिकरण विभागमा उजुरी दर्ता


स्वागत नेपाल

काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश र न्यायाधीशविरुद्ध सम्पत्ति शुद्धिकरण विभागमा उजुरी दर्ता भएको छ । २०४६ सालपछिका प्रधानन्यायाधीश र न्यायाधीशविरुद्ध सम्पत्ति शुद्धिकरण विभागमा उजुरी दर्ता भएको हो ।

सर्वोच्चका पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरु लगायतको सम्पत्ति छानविन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको हो ।

न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधिशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले शुक्रबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको हो ।

स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले भ्रष्टाचारगरी अन्यत्र प्रयोग गरेको आरोप लगाउँदै २०४६ सालपछिका प्रधानन्यायाधीश र न्यायाधीशविरुद्ध उजुरी गरेको हो ।

अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालको नेतृत्वमा गएको टोलीले विभागका उपमहानिर्देशक कमल ढकाललाई उजुरी पत्र बुझाएको छ । उनीहरुले भ्रष्टाचार गरेर सम्पत्ति कमाएको ठहर अभियानले समेत गरेकाले छानविनको माग गर्दै उजुरी दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !