५ जेष्ठ २०८१, शनिबार

माओवादी महाधिवेशन : आज निर्वाचन कार्यतालिका प्रकाशन हुने


माओवादी बन्दसत्र

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सकेर निष्कर्ष सुनाइसकेपछि निर्वाचन कार्यतालिका प्रकाशन गरिने भएको हो ।

केन्द्रीय सदस्य र पदाधिकारीका लागि मतदान कार्यतालिका सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गर्न लागेको जानकारी दिएको छ । मतदाता नामावली पनि भ्याएसम्म आजै सार्वजनिक गरिने भएको छ भने उम्मेदवारी दर्ता र मतदान घोषणा भोलि शुक्रबार हुनेछ ।

बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र देवप्रसाद गुरुङको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफलको निष्कर्ष राख्ने काम सकिएलगत्तै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !