२१ बैशाख २०८१, शुक्रबार

‘मौलिक संस्कृतिको संरक्षण गरी वैदेशिक हस्तक्षेप अन्त्य गर्नुपर्छ’


कुन्तीकुमारी शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री कुन्तीकुमारी शाहीले नेकपा (माओवादी केन्द्र)को महाधिवेशन युवा तथा महिलामैत्री नीति निर्माणमा केन्द्रित हुनुपर्ने बताएकी छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माअ‍ेवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा शुभकामना दिने क्रममा महामन्त्री शाहीले मुलुकमा रोजगारीको अभावमा युवा वर्ग विदेशिन परेको वास्तविकतालाई दृष्टिगत गर्नुपर्नेमा जोड दिइन् ।

महाधिवेशनमा स्वदेशमा रोजगारी सिर्जना गर्ने क्षेत्रमा नीति निर्माण गर्नुपर्ने सुझाव दिँदै उनले नेतृत्वमा महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताइन् ।

उनले मौलिक संस्कृतिको संरक्षण गरी वैदेशिक हस्तक्षेप अन्त्य गर्न सकिने बताउँदै विभिन्न दलका फरक विचार भए पनि राष्ट्रियता सुदृढिकरणका सन्दर्भमा एकजुट हुनुपर्ने उल्लेख गरे । विचारभन्दा पनि राष्ट्रिय स्वाभिमानलाई बलियो बनाउन खाँचो रहेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !