काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दैछ । बैठक दिउँसो करिब १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।
शनिबार बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यलाई ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गरेलगत्तै केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।
यस्तै पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन हारेका शिर्ष नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनय गर्ने तयारी भइरहेको छ । पार्टी सभापतिमा पराजित डा. शेखर कोइरालालाई पनि पहिलो बैठकबाट केन्द्रीय सदस्यमा मनोनित गर्ने देउवाको तयारी छ ।