७ मंसिर २०८१, शुक्रबार

रवीन्द्रलाई सिकेको प्रश्न: विचारभन्दा माथि देश कसरी हुन्छ ?


सिके राउत, रवीन्द्र मिश्र

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई विचारभन्दा माथि देश कसरी हुन्छ भन्दै प्रश्न गरेका छन् ।

अध्यक्ष राउतले ट्वीटरमार्फत भनेका छन्, “विचारभन्दा माथि देश रे ! देश आफैंमा विचारबाट जन्मेको हो। पहिला विचार आएको हो, अनि मात्रै देश। अनि विचारभन्दा माथि देश कसरी हुन्छ ? देश के पृथ्वी उत्पति हुँदाखेरि बनेर आएको थियो र ? कति त यहाँ टिनेएजर्सभन्दा पनि कान्छा छन्।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !