१२ पुस २०८१, शुक्रबार

विवेकशील साझाका संयोजक मिलन पाण्डे पार्टीबाट निष्काशित


मिलन पाण्डे

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्काशनको घोषणा गरेका छन् । पाण्डेले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी गतिविधि गरेको आरोप लगाउँदै अध्यक्ष मिश्रले निष्काशनको घोषणा गरेका हुन् ।

पाण्डेले मंगलबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरिएको हो । यसअघि मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधे पनि त्यसको जवाफ चित्तबुझ्दो नआएको भन्दै मिश्रले पाण्डेलाई निष्काशन गरेको बारेको पत्रमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !