२० बैशाख २०८१, बिहिबार

कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले पनि सहभागी


प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक नयाँबानेश्वरस्थित संसद भवनको शंकर हलमा सुरु भएको छ ।

जारी बैठकमा आज दिउँसो १ बजे बस्ने संसद बैठकका कार्यसूचीबारे छलफल भइरहेको स्रोतले बतायो ।

स्रोतका अनुसार बैठकमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई र कृष्णभक्त पोखरेल सहभागी छन् ।

एमालेले संसद बैठकमा विरोध जनाउँदै आएको छ । एमालेले मंगलबारको बैठकमा पनि विरोधलाई जारी राख्ने जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !