७ बैशाख २०८१, शुक्रबार

प्रचण्डले निर्वाचनमार्फत नेतृत्व चयन गर्न निर्देशन दिएसँगै बागमती प्रदेशको बैठक आह्वान


प्रचण्ड भक्तपुरमा फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको नेतृत्व निर्वाचनमार्फत चयन गर्नका लागि बैठक बोलाइएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमार्फत नेतृत्व चयन गर्न निर्देशन दिएसँगै बैठक बोलाइएको हो ।

बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सोमबार मध्यान्हका लागि बोलाइएको स्रोतले बतायो । एक नेताले भने, “प्रक्रियागत हिसाबले हामी सम्मेलनबाट निर्वाचित कार्यसमितिको बैठक बस्छ । बैठकले चुनावी प्रक्रिया अघि बढाउने भनेपछि हामीले प्रक्रिया अघि बढाउँछौँ ।”

उनका अनुसार नेतृत्व चयनका लागि पूरै प्रतिनिधिबाट भोटिङ हुने नभइ निर्वाचित कार्यसमितिका सदस्यहरुबीचबाट भोटिङ हुनेछ । उनका अनुसार निर्वाचनबाट अध्यक्षसहित तीन जना उपाध्यक्ष, एक सचिव, ३ सहसचिव र कोषाध्यक्ष निर्वाचित हुनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !