११ असार २०८१, मंगलबार

क्रिकेट खेलाडीलाई गरिएको कारबाहीप्रति प्रचण्डले गराए प्रधानमन्त्रीलाई ध्यानाकर्षण


प्रचण्ड र देउवा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीप्रति असन्तुष्ट व्यक्त गरेका छन्।

नेपाल क्रिकेट संघले गत मंसिर २९ गते राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको थियो ।

शुक्रबार बिहान अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । देउवालाई बालुवाटारमा भेटेर प्रचण्डले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीबारे ध्यानाकर्षण गराएको प्रचण्ड निकट एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !