४ जेष्ठ २०८१, शुक्रबार

गगनले देउवाले भन्दा धेरै अहिलेसम्मकै सर्वाधिक मत पाए, कसले कति मत पाए ?


गगन थापा, प्रदिप पौडेल, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्। गगनले कांग्रेसको १४ औं महाधिवेशनमा अहिलेसम्मकै सर्वाधिक मत पाएका छन्।

उनले खसेको मतको झन्डै दुई तिहाइ मत पाएका छन्। थापाले ३०२३ मत पाएका छन् भने शर्माले १९८४ मत पाएका छन्। विश्वप्रकाशको पक्षमा ४२ प्रतिशत मत आएको छ ।

प्रकाशशरण महतले १५५६ मत पाएका छन् भने प्रदीप पौडेलले १३९३ मत ल्याएका छन्। मीनेन्द्र रिजालको ८०९ र राजाराम कार्कीको १०६ मत आएको छ।

गगन थापा शेखर कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका थिए। शेखरकै प्यानलबाट उम्मेदवार बनेका मीनेन्द्र रिजाल भने पाँचौं नम्बरमा आएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !