१३ बैशाख २०८१, बिहिबार

चुनावपछि देउवा हामी सबैको सभापति हो : गगन थापा


गगन थापा फाइल फोटो

काठमाडौं । नेपाली काँग्रेसको महामन्त्रीका उम्मेदवार गगन थापाले अब शेरबहादुर देउवा आफूहरु सबैको सभापति भएको बताएका छन् ।

नेता थापाले महाधिवेशन अघि अलग विचार समूहबाट आफूहरु प्रत्यासी रहेको र प्रतिस्पर्धा गरेको भए पनि चुनावपछि भने देउवा सिंगो पार्टीको सभापति भइसकेका कारण आफूहरु सबैको सभापति भएको बताए ।

लोकतान्त्रिक विधिबाट नेतृत्व चयन भएकोमा नेता थापाले खुशी प्रकट गरे । नेता थापाले आफूहरुले यही लोकतान्त्रिक अभ्यास खोजेको पनि प्रस्ट पारे ।

“यसले मेरो मनमा दुई वटा कुरा आयो । पहिलो कुरा, देउवालाई हार्ने हो कि भन्ने डरचाहिँ रहेछ, एक जना मतदाता पनि छाड्नु भएन ।” उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !