११ जेष्ठ २०८१, शुक्रबार

प्रकाशमान सिंहमाथि भेडाको विम्ब प्रयोग गरेर धनराजले गरे कटाक्ष


धनराज गुरुङ

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस उपसभापतिका उम्मेदवार धनराज गुरुङले पूर्वमहामन्त्री प्रकाशमान सिंहमाथि भेडाको विम्ब प्रयोग गरेर कटाक्ष गरेका छन् ।

नेता गुरुङले सिंहको नाम नली भेडाको विम्ब प्रयोग गरेर कटाक्ष गरेका छन् । “मलाई पटक्कै विश्वास छैन, म मान्दा पनि मान्दिन । मैले नमान्दा नमान्दै पनि तर एउटा कुरा अचम्म लागेको छ ।”, उनले भने ।

उनले भने, “बाबु भन्नुहुन्छ, छोरा यी भेडा होइनन् । तर छोरा लुकेर सबै भेडा बेचिदिन्छ । पिताजी भन्नुहुन्छ, बाबु राजनीतिमा नैनिकता हुन्छ । तर छोरा भन्छ, परिआउँदा नैतिकता पनि बेचिदिनुपर्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !