१४ बैशाख २०८१, शुक्रबार

प्रदेशसभा बैठकमै लोसपा सांसद सोनलले मागे मुख्यमन्त्रीको राजीनामा


जितेन्द्र सोनल

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद जितेन्द्र सोनलले मुख्यमन्त्रीको राजीनामा मागेका छन् ।

बैठकमा सांसद सोनलले बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत भएको साइकल वितरणमा प्रश्न उठेको भन्दै राजीनामा दिन मुख्यमन्त्री लालबाबु राउतलाई आग्रह गरेका हुन् ।

अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापामारी गरेर कागजात लिएपछि मुख्यमन्त्रीको राजीनामा मागेका हुन् ।

मुख्यमन्त्रीले अलिकति पनि दोषी देखिए मार्गप्रशस्त गर्छु भनेको भन्दै सोनलले अख्तियारको प्रारम्भिक छानबिनमा भ्रष्टाचार देखिएपछि राजीनामा दिनुपर्ने धारणा राखेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु