१२ असार २०८१, बुधबार

दोस्रो चरणको निर्वाचनमा आफ्नो विजय हुने शेखर कोइरालाको दावी


डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफ्नो विजय हुने दावी गरेका छन् । कोइरालाले हात्तीसारस्थित एक होटलमा आज आकस्मिक पत्रकार सम्मेलन गर्दै देउवाले नैतिकता गुमाएपछि राजनीति सम्भव नहुने बताएका छन् ।

कोइरालाले दोस्रो चरणको चुनाव लड्ने भएका छन् । सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवालाई यसअघि सभापतिको दौडबाट बाहिरिएका विमलेन्द्र निधि र प्रकाशमान सिंहले समर्थन गरे पनि चुनाव लड्ने भएका छन् ।

निर्वाचनमा जाने घाेषणा गर्ने क्रममा सभापतिका उम्मेदवार कोइरालाले महाधिवेशन प्रतिनिधिहरू आफैमा नेता भएकाले उनीहरूले दोस्रो चरणको मतदानमा आफ्नो विवेक प्रयोग गर्ने विश्वास व्यक्त गरे ।

निधि र सिंहले देउवालाई समर्थन गर्ने भएसँगै अब चुनाव लड्ने कि नलड्ने भन्नेमा कोइरालाले आफू निकटसँग छलफल गरेका थिए । छलफलमा देउवासँग फेरि चुनाव लड्ने निष्कर्ष निकालिएको उनी निकट एक नेताले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

दोस्रो चरणको चुनाव लड्ने शेखर कोइराला प्यानलको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !