२१ बैशाख २०८१, शुक्रबार

दोस्रो चरणको निर्वाचनमा सिंहले देउवालाई समर्थन गर्ने


शेरबहादुर देउवा, प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेस सभापति पदको दोस्रो चरणको निर्वाचनमा नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । सिंहलाई भेट्न देउवा ठमेलको चाक्सीबारी पुगेका थिए ।

उक्त भेटघाटपछि नेता सिंहले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका हुन् । “हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौं ।”, उनले भने।

दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !