२२ बैशाख २०८१, शनिबार

थापाले लिङ्देनलाई पत्र लेख्दै निर्मल निवासको हस्तक्षेपबारे छानबिनको माग

निर्मल निवासको अगाडि कोही पनि सुरक्षित नहुने कमल थापाको दावी


कमल थापा र राजेन्द्र लिङ्देन

काठमाडौं । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएर राप्रपाको महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपको वारेमा छानबिन गर्न माग गरेका छन् । थापाले लिङ्देनलाई चारबुँदे पत्र पठाउँदै राप्रपाको चुनावमा पूर्वराजा ज्ञानेन्द्र शाहको हस्तक्षेपको भएकोले निर्मल निवासबाट कोही पनि सुरक्षित नभएको समेत दावी गरेका छन् ।

थापाले पत्रमा भनेका छन्, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर राजसंस्थाको एजेण्डा बोकेर हिँड्ने मुख्य व्यक्ति त कोपभाजनमा पर्दछ भने निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन । तपाईं पनि हुनहुन्न । तपाईंको योग्यता र क्षमताबाट म प्रभावित छु । तर, ढिलो चाँडो तपाई पनि यो प्रवृत्तिको शिकार अवश्य हुनु हुनेछ । पार्टी भित्र यस्तो अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण छ ।’

पूर्वअध्यक्ष थापाले निर्मल निवासले देशमा पुन: देशमा अस्थिरता सिर्जना गर्न राप्रपा कब्जा गर्न खोजेको आरोप लगाएका छन् । थापाले निर्मल निवासले राजसंस्था पुन:स्थापनाका लागि विदेशी शक्तिको मुख ताक्ने र राजनीतिक अस्थिरता कायम गर्नेमा मात्रै ध्यान केन्द्रित गरेको आरोप पनि लगाएका हुन् ।

उनले महाधिवेशनको बन्दसत्रमा ‘राजनीतिभन्दा माथि रहने तीन करोड नेपालीको साझा संस्थाका रूपमा राजसंस्था पुनर्स्थापना गर्ने नीतिबारे छलफल भइरहँदाको समयमा निर्मल निवासबाट भएको हस्तक्षेपको परिणामस्वरुप राप्रपाले अवलम्वन गर्दै आएको राजसंस्था सम्बन्धि आधारभूत मान्यतामाथि नै गम्भीर आघात पुगेको बताए।

थापाले राजनीतिक अस्थिरता सिर्जना गर्ने निर्मल निवासको चाहाना आफूबाट पूरा नहुने देखेपछि आफ्नो पूर्व सहकर्मी(लिङ्देन)लाई प्रयोग गरिएको बताएका छन् । उनले निर्मल निवासले रिमोट कन्ट्रोलबाट राप्रपालाई चलाउने खोजेको आरोप पनि लगाएका छन् । आफूले भन्दै आएको विषयलाई पराजयपछिको आक्रोशको रुपमा मात्रै नलिन समेत उनले आग्रह गरेका छन् ।

यस्तो छ थापाले लिङ्देनलाई लेखेको पत्र

 थापाले लिङ्देनलाई लेखेको पत्र थापाले लिङ्देनलाई लेखेको पत्र थापाले लिङ्देनलाई लेखेको पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !