१४ बैशाख २०८१, शुक्रबार

एमाले र काँग्रेस बाहेक अरु पार्टी पानीका फोका : अध्यक्ष ओली


केपी ओली फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक पार्टी भनेका नेकपा एमाले र काँग्रेसमात्र भएको बताएका छन् ।

शुक्रबार एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले अरु सवै पार्टी पानीको फोकाजस्तो भएको टिप्पणी समेत गरे ।

“वास्तवमा पार्टी भनेको नेकपा एमाले हो, त्यसपछि नेपाली काँग्रेस हो, अरु त बन्छन् बिलाउँछन् । फेरि बन्छन् फेरि बिलाउँछन् ।”, उनले भने, “पानीका फोकाजस्तो उठिरहन्छन्, फुटिरहन्छन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !