१९ बैशाख २०८१, बुधबार

गगनसहित केहि नेताहरु पुगे बोहोराटार, पौडेललाई सभापतिको उम्मेदवार बनाउने


रामचन्द्र पौडेल

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको संस्थापन इतर समूहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै सभापतिको उम्मेदवार बनाएर अघि बढ्नेबारे बोहोराटारमा छलफल भइरहेको छ।

काँग्रेसका नेताहरु मिनेन्द्र रिजाल, महेश आचार्य, गगनकुमार थापा, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायतका नेताहरु शुक्रबार बिहान पौडेल भेट्न उनको निवास बोहोराटार पुगेका छन् ।

स्रोतका अनुसार पौडेलले सहमति जुट्न नसकेपछि निराश भइ राजनीति बाटै सन्यास लिने अभिव्यक्ति दिएका नेता पौडेललाई भेट्न नेताहरु बोहोराटार पुगेका हुन् ।

यता प्रकाशमान सिंहले सभापतिको दौडबाट आफू पछि नहट्ने बताउँदै भोलि उम्मेदवारी दर्ता गर्ने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !