२३ बैशाख २०८१, आइतबार

काँग्रेस सभापतिको साझा उम्मेदवार छान्न पौडेल समूहको बैठक बस्दै


पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको आसन्न १४औँ महाधिवेशनका लागि सभापतिको एकमात्र साझा उम्मेदवार बनाउने विषयमा छलफल गर्न बैठक बस्दैछ ।

सो समूहका नेताको हिजो पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा बसेको बैठकले एकमात्र साझा उम्मेदवार टुङ्याउन नसकेपछि आज बुधबार बिहान ९ बजे पुनः बैठक बस्ने निष्कर्ष निकालेको थियो ।

बुधबार विहान ९ बजे बत्तिसपुतलीस्थित अनुपम फुड्ल्याडमा पौडेल पक्षका नेताहरुबीच सभापतिको साझा उम्मेदवार छनोट गर्न छलफल हुन लागेको हो ।वरिष्ठ नेता पौडेल र महामन्त्री डा. शशांक कोइरालाले साझा उम्मेदवार बन्ने अवस्थामा सभापतिको दाबी छोड्ने बताएका छन् भने नेता प्रकाशमान सिंह र शेखर कोइराला आफू बाहेकको हकमा सहमति गर्ने पक्षमा देखिएका छैनन् ।

आज बुधबारसम्म एकमात्र उम्मेदवार तय गर्ने सहमति भएको बैठकमा सहभागी केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । बैठकमा सभापतिका उम्मेदवार वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफ्नो दाबी प्रस्तुत गरेका थिए ।

नेताहरुले बुधबार बिहान आफ्नो समूहका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्वजिल्ला सभापतिसँग रायपरामर्श गरी साँझसम्म एकमात्र उम्मेदवार घोषणा गर्ने तयारी गरेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !