१८ बैशाख २०८१, मंगलबार

कांग्रेसको महाधिवेशनमा भारतवाट भाजपा, कांग्रेस आईका प्रतिनिधि आउने


कांग्रेसको महाधिवेशन प्रचार ब्यानर सार्वजनिक

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा भारतवाट भाजपा, कांग्रेस आईका प्रतिनिधि आउने भएका छन् । काँग्रेसको महाधिवेशनमा भारतका सत्तारूढ दल भाजपा र प्रमुख प्रतिपक्षी दल कांग्रेस आई लगायत दलको सहभागिता जनाउने ‘कन्फर्मेसन’ पठाएका हुन् ।

तर चिनियाँ सत्तारूढ दल चिनियाँ कम्युनिस्ट पार्टीले सहभागिता जनाउने वा नजनाउने भन्ने टुंगो लागी नसकेको आजभोलि नै कन्फर्मेसन आउने काँग्रेसनिकट स्रोतले बताएको छ ।

कांग्रेसले दक्षिण एसियाका मुख्य दलहरूलाई सहभागिताका लागि निमन्त्रणा पठाएको छ । निमन्त्रणा पठाउने काम सम्पन्न भए पनि कोभिड-१९ का कारण धेरै दलहरूको सहभागिता हुन सक्ने अवस्था नरहेको उनले बताए ।

कांग्रेसको १४औँ महाधिवेशनमा आउने प्रतिनिधि बस्न काठमाडौँमा ८६ होटेल बुकिङ गरिएको छ । कांग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ ।

राजधानीको सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको छ । हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

कांग्रेस महाधिवेशनमा आउने प्रतिनिधि बस्न काठमाडौँमा ८६ होटेल बुकिङ

कांग्रेस महाधिवेशन : प्रतिनिधि बस्न सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !